काठमाण्डौ । चीनमा कोरोनाभाइरसको संक्रमण तीव्रगतिमा फैलिरहेको छ। यस परिस्थितिमा सबैभन्दा पहिले कोरोनाबाट प्रभावित चीनले यो महामारीबाट सबैभन्दा पछि राहात पाउने देखिन्छ।
कोरोना न्यूनीकरणका लागि राष्ट्रपति सी जिनपिङले शून्य कोभिड नीति लागू गरेका छन्। यो नीति कोरोना संक्रमणको मामिला घटाउनका लागि लिइएको थियो। तर, अहिले यो नीति चिनियाँ नागरिकमाथि क्रुरताको हतियार बनेको छ। अहिले जनता कोरोनाभन्दा लकडाउनका कारण त्रसित बनेका छन्।
सांघाई विगत केही हप्तादेखि लकडाउनमा छ। जनतासँग पर्याप्त खाद्यान्न छैन। सरकारले पनि मागअनुसार उपलब्ध गराउन सकेको छैन।
सांघाईमा जस्तो लकडाउन गर्न नपरोस् भनेर अहिले बेइजिङमा ठूलो मात्रामा परीक्षण भइरहेको छ। गुआन्झाउमा एउटामात्र संदिग्ध केसपछि उडान रोकियो र ५६ लाख मानिसको कोरोना परीक्षण गरिएको छ। लकडाउन भएका क्षेत्रहरुमा सेतो पीपीई किट लगाएका स्वास्थ्यकर्मीहरु सडकमा देखिन्छन्। आफ्नो असन्तुष्टि व्यक्त गर्दै मानिसहरुले उनीहरुलाई ‘ह्वाइट गार्ड्स’ नाम दिएका छन्।
लकडाउनको समयमा चिनियाँ सरकारले निगरानीका लागि रोबोटिक कुकुर र ड्रोनको प्रयोग गरिरहेको छ। यो कदमविरुद्ध जनता आक्रोशित छन्। रोबोट कुकुर र ड्रोन मार्फत मानिसहरु कतै भेला हुन नहुने भन्दै कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ। यतिमात्र होइन चिनियाँ सरकारले जबरजस्ती क्वारेन्टाइन सेन्टरमा मानिसहरु पठाइरहेको छ।
सांघाईको बिकाई क्षेत्रमा करिब १ हजार मानिसलाई जबरजस्ती क्वारेन्टाइनमा पठाइएको छ र उनीहरुको घरमा सरसफाइ भइरहेको छ। सांघाईका एक व्यक्तिले भने, ‘हामीलाई भाइरसभन्दा पनि लकडाउनले डराएको छ।
सामाजिक सञ्जालमार्फत चिनियाँ जनताहरुले सरकारले उपलब्ध गराएको खानेकुराप्रति पनि असन्तुष्टि जनाएका छन्। – एजेन्सी
13 minutes ago
23 minutes ago
39 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago