काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा हुने स्थान परिवर्तन गरेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक साधारणसभा अब काठमाण्डौको धुम्बाराहीस्थित स्काई जोन रेस्ट्रो एन्ड बैंक्वेटमा हुने जानकारी गराएको छ। यसअघि कम्पनी वार्षिक साधारणसभा काठमाण्डौको महाराजगन्जस्थित कम्पनीको कर्पोरेट कार्यालयमा हुने जानकारी गराएको थियो। विशेष कारणवश वार्षिक साधारणसभा हुने स्थान परिवर्तन गर्नुपरेको कम्पनीले जनाएको छ। 

कम्पनीको वार्षिक साधारणसभा यही पुस २३ गते हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आउँदो यही पुस १५ गते बुक क्लोज गरिसकेको छ। यसको मतलब गत पुस १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा प्रस्तावि लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।