काठमाण्डौ ।  चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ।

गत पुस २३ गते सम्पन्न २५ औँ वार्षिक साधारणसभाबाट पारित ७.५ प्रतिशत बोनस सेयर फागुन २३ गतेदेखि सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ। गत आर्थिक वर्षका लागि कम्पनीले ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो। 

कम्पनीले उक्त बोनस सेयर नेप्से र सीडीएससीमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था गरिएको जनाएको छ। 

बुक क्लोजपश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीको हकमा भने उक्त बोनस सेयर क्रमशः हितग्राही खातामा जम्मा गरिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।