काठमाण्डौ । गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको लाभांश पारित गर्न चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको आज पुस १२ गते आफ्नो २४ औँ वार्षिक साधारणसभा डाकेको छ। 

सभा काठमाण्डौको धुम्बाराहीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा हुनेछ। सभा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल २० प्रतिशत लाभांश पारित गर्नेछ। जसमा १० प्रतिशतले हुन आउने बोनस सेयर र १० प्रतिशतले हुन आउने नगद लाभांश रहेका छन्।

कम्पनीले लाभांश र साधारणसभा प्रयोजनका लागि गत मंसिर २९ गतेदेखि आज पुस १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २८ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांशका साथ सभामा भाग लिन पाउनेछन्।