काठमाण्डौ । एसियाकै धनी व्यक्ति अलीबाबा समूहका मालिक ज्याक मा यतिबेला कहाँ छन् ? यो रहस्या निकै गहिरिँदै गएको छ। 

समाचार एजेन्सीहरुका अनुसार पछिल्लो दुई महिनादेखि ज्याक मा कुनै पनि सार्वजनिक समारोहमा देखा परेका छ्रैनन्। ज्याक माले गत वर्ष अक्टोबरमा कुनै विषयमा चिनियाँ सरकारको आलोचना गरेका थिए। त्यसपछि उनी बेखबर बनेका छन्।

दी टेलिग्राफका अनुसार ज्याक माका बारेमा रहस्य तब अझ बढ्यो जब उनी आफ्नै ट्यालेन्स शो दी अफ्रिकाज् बिजनेस हिरोजको फाइनल एपिसोडमा देखा परेनन्। ज्याक माका ठाउँमा यो एपियोडमा अलीबाबाका अर्का एक अधिकारीले आफ्नो उपस्थिति जनाएका थिए।

अलीबाबाका प्रवक्ताले भने ज्याक मा आफ्नो व्यस्तताका कारण यो एपिसोडमा भाग लिन नसकेको प्रस्ट पारेका छन्। यद्यपि कार्यक्रमको वेबसाइटबाटै ज्याक माको तस्बिर हटाउनुले रहस्य झनै गहिरिएको छ।

ज्याक माले गत वर्ष अक्टोबरमा चीनको वित्तीय नियामक तथा सरकारी बैंकहरुको आलोचना गरेका थिए। उनले सरकारलाई त्यस्ता वित्तीय नियमहरु परिवर्तन गर्न आग्रह गरेका थिए, जसले नयाँ कारोबारको प्रयासलाई दबाउने प्रयास गर्छन्। 

ज्याक माको यस किसिमको आलोचनालाई चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले आपत्ति जनाएको थियो। त्यसपछि सरकारले ज्याक माको एन्ट ग्रुपसहित केही कारोबारमा असाधारण प्रतिबन्ध लगाउन सुरु गरेको थियो।

सरकारले एन्ट ग्रुपको आईपीओ निलम्बन नै गरेपछि ज्याक मा बेखबर बनेका छन्। – एजेन्सी