काठमाण्डौ । ग्रेट वालमोटर्स(जीडब्ल्यूएम) नेपाली बजारमा तीन नयाँ मोडेलका गाडीहरुको साथमा प्रवेश गरेको छ । 

नेपालको अटोमोटिभ डिलरशिप क्षेत्रमा विविध अनुभव बोकेको बिशाल ग्रुपको सहायक संस्था भी.जी.इम्पेक्स प्रा. लि. नेपालमा ग्रेट वाल मोटर्सका लागि आधिकारिक बिक्रेता हो । 

विभिन्न क्षेत्रहरुमा सफलता सँगालेको अनुभवलाई उपयोग गर्दै भी.जी.इम्पेक्सले जीडब्ल्यूएमसँग सहकार्य गर्दै अहिले दुईवटा एसयूभी र एक पिक–अप मोडेल बजारमा ल्याएको छ । यी तीनैवटा गाडी आफ्नो समूहमा नौलो र उत्कृष्ट रहने कम्पनीको दाबी छ । 

ग्रेट वाल मोटर्सको शोरुम थापाथलीमा छ । निकट भविष्यमा उपभोक्तालाई उच्चस्तरको अनुभव दिन देशभरि नैं शोरुमहरुको बृहत सञ्जाल फैलाउने योजना रहेको कम्पनीले जनाएको छ । 

कोरोना संक्रमणका कारण उत्पन्न अहिलेको परिस्थितिमा सुधार आउनासाथ ग्रेट वाल मोटर्सले नवीन तरिकाले आफ्ना ब्राण्ड र सामानहरु उपभोक्तामाझ प्रस्तुत गर्ने तयारी गरेको छ । 

यस अतिरिक्त उच्चस्तरीय सर्भिस सेन्टरको पनि निकट भविष्यमा निर्माण गरिंदैछ । भी.जी. इमपेक्सले ग्रेट वाल मोटर्सको फोर एस सर्भिसेस (सेल्स, सर्भिस, स्पेयर्स र सर्वे (कस्टमर केयर))मा विशेष ध्यान दिदैं अन्तराष्ट्रिय स्टाण्डर्डको सर्भिस सेन्टर पनि स्थापना गर्ने योजना बनाएको छ । 

नेपालमा आयात गरिएका विभिन्न मोडलहरुमा के विशेषता छ त ? हेरौं बुँदागत रुपमा:

3rd Gen. HAVAL H6


यो गाडी एसयूभी वर्गमा सुविधा र लक्जरीको बेजोड नमूना हुनुका साथै शक्ति र विलासिताको अनुपम संगम पनि रहेको कम्पनीको दाबी छ । २.०लिटरको दमदार टर्बो पेट्रोल इञ्जिनले अधिकतम आउटपुट दिन्छ । १५० किलोवाट शक्ति र ३२० एनएम टोर्क डिस्प्लेसमेन्टले फरक खालको अनुभूति प्रदान गर्ने बताइएको छ । यसको हाइयर ग्राउण्ड क्लीयंरेसले नेपालकोे खाल्डाखुल्डी भएको सडकमा पनि आरामदायी सवारीको अनुभव गराउनका साथै रफ सडकबाट गाडीलाई सुरक्षित राख्दछ । ७२ प्रतिशत उच्च गुणस्तरको स्टीलले बनेको यो गाडीको बनावटले गाडीलाई विशेष खालको स्थिरता र मजबुती प्रदान गर्दछ । यसको बाहिरी र भित्री सुन्दरता पनि उत्तिकै राम्रो छ । पानोरामिक सनरुफ, अटोमेटिक वाईपर, मल्टि फङ्सनल स्टेरिङ, आठ तरिकाले मिलाउन मिल्ने ड्राईभर सीट, ताररहित चार्जिङ्गले गाडीलाई नयाँ स्वरुप दिन्छ । साथै आठवटा एअरव्याग, ३६० डिग्री हेर्न मिल्ने क्यामेरा, हिलहोल्ड कन्ट्रोल, एबीएस प्लस इबीडी सुविधा र एन्टी–कोलिजन संयन्त्र जस्तै एससीएम (सेकेण्ड कोलिजन संयन्त्र) र एफसीएम (फर्वार्ड कोलिजन संयन्त्र) ले दुर्घटनाको सम्भावनालाई घटाउँछ । 

ईन बिल्ट इन्टेलिजेन्ट मोबिलिटीले अधिकतम स्पीडमा एलटू स्तरको अटोमेटिक एसीसी ड्राईभको आनन्द दिन्छ । ट्राफिक सिग्नल चिन्ने र लेनमा रहिरहने व्यवस्थाले गाडी गुडाउने चालकलाई सुरक्षा र गाडीमाथि आफ्नो पूर्ण नियन्त्रणमा भएको अनुभूति दिनेछ । गाडीको भित्री बनावट, लेदर सिट एवं बढी लेग स्पेसले आफू एउटा शान्दार सवारीमा विराजमान छु भन्ने अनुभूति गराउने कम्पनीको भनाई छ ।

प्रारम्भिक मूल्य रु. ९६,९९,९९९ भएको यो गाडी तीनवटा रंगहरु हेमिल्टन व्हाईट, अयेर्स ग्रे र अत्लान्तिस ब्लुमा नेपालमा उपलब्ध हुनेछन् । 

HAVAL JOLION


यो मोडेल पनि तीनवटा संस्करणमा प्रस्तुत गरिंदैछ । १.५ लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले ११० किलोवाट शक्ति र २२० एनएम टोर्क डिसप्लेसमेन्टले अधिकतम आउटपुट दिन्छ । बढी ग्राउण्ड क्लियरेन्सले नेपाली सडकमा गाडी गुडाउने अनुभवलाई अर्कै स्तरमा पुर्याउने कम्पनी दाबी गर्छ।

चार किसिमको ड्राईभ मोड, इलेक्ट्रिक पार्किङ्ग ब्रेकिङ्ग र ७३ प्रतिशत उच्च गुणस्तरको स्टीलले बनेको यो गाडीको बनावटले विशेष सुरक्षा प्रदान गर्नेछ । 

यसबाहेक यो गाडीले पानोरामिक सनरुफ, अटोमेटिक वाईपर, मल्टि फङ्सनल स्टेरिङ र पैडल शिफ्टर, छ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, आठवटा एअर व्याग, लेदर सिटले सुरक्षा र विलासिताको एउटा उदाहरण हो । यसबाहेक एबीएस, एचएचसी र एचडिसी (हिलहोल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल), ड्राईभर ड्रावजीनेस डिटेक्सन र ईवेन्ट डाटा रिकोडर र एन्टी–कोलिजन संयन्त्र जस्तै एससीएम (सेकेण्ड कोलिजन संयन्त्र )ले समयानुसार कन्ट्रोल गरेर जोखिम न्यूनिकरण गर्दछ । टच स्क्रीन, अगाडि एलइडी लाइटिङ्ग र पछाडि फोग लाईट आदिले गाडी चलाउने अनुभवलाई उत्कृष्ट बनाउँछ । यो गाडी पाँच वटा रंगहरु ब्लु, ब्लैक, गे्र, हेमिल्टन व्हाईट र मार्स रेडमा उपलब्ध हुनुका साथै प्रारम्भिक मूल्य रु.५५,४९,९९९  मा बजारमा उपलब्ध छ।

POER  पिक–अप


यो मोडेल दुईवटा संस्करण एलीट र पाईलट बजारमा उपलब्ध हुनेछ । २.० लिटरको डिजल इञ्जिनले अधिकतम आउटपुट दिन्छ । १२० किलोवाट शक्ति र ४०० एनएम टोर्क डिसप्लेसमेन्टले विशेष खालको अनुभूति प्रदान गर्ने कम्पनीको दाबी छ । बढी ग्राउण्ड क्लीयरेन्सले नेपाली सडकमा गाडी गुडाउने अनुभवलाई विशेष आरामदायी अनुभूति प्रदान गर्ने कम्पनिको दाबी छ । ८४ प्रतिशत उच्च गुणस्तरको स्टीलको बडीले गाडीलाई अधिक भारवहन क्षमता, स्थिरता र मजबुती प्रदान गर्दछ । सनरुफ पनि पिक–अप गाडीमा पहिलो पटक यसमा रहनेछ । यसमा साँचोरहित स्टार्ट गर्ने नयाँ सुविधा पनि पहिलो हो । छ तरिकाले मिलाउन मिल्ने ड्राईभर सिट, आठवटा एअर व्याग, नपा लेदर सिटले सुरक्षा र विलासिताको एउटा उदाहरण हो । यस अतिरिक्त एबीएस, एचएचसी र एचडिसी (हिलहोल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल), भेहिकल स्टेबिलिटी कन्ट्रोलले गाडीलाई अधिक स्थिरता प्रदान गर्ने बताइएको छ । स्पीड वार्निङ सिस्टमले गतिमाथि नियन्त्रण गर्न मद्दत गर्छ । ९ इञ्चको टचस्क्रीन र एन्ड्रोइड सपोर्टले राम्रो अनुभव दिनेछ । अगाडि एलइडी लाईटिङ र पछाडि फोग लाईट आदिले गाडी चलाउने अनुभवलाई रमाइलो बनाउनेछ । यस गाडीको प्रारम्भिक मूल्य रु.६४,९९,९९९ रहेको छ । 

धेरै वर्षदेखि जीडब्ल्यूएमका एसयूभी तथा पिकअपहरुले चिनियाँ बजारमा बिक्रीको नेतृत्व गरिरहेका छन् । यो एक विश्वस्तरमा आफ्नो बलियो उपस्थिति बनाउने पहिलो चिनियाँ अटोमोवाइल कम्पनी पनि हो । 

जीडब्ल्यूएमले सन् १९९८ देखि अटोमोबाइल निर्यात गर्न सुरु गरको थियो, विशेष गरी एसयूभी र पिकअप ट्रक । चीनबाहेक, फर्मले ६० भन्दा बढी देशहरूमा ५०० भन्दा बढी वितरकहरूको अन्तर्राष्ट्रिय नेटवर्क मार्फत आफ्ना उच्च–गुणस्तरका मोटर गाडीहरु वितरण गर्दछ। कम्पनीले विश्वव्यापी रूपमा एक नयाँ बर्चस्व स्थापित गरेको छ भने नेपालमा पनि यही परम्परालाई कायम गरी नेपालीको मनमा बस्ने विश्वास लिएको छ ।