काठमाण्डौ । चीनको सिनोभ्याक बायोटेक लिमिटेडले मंगलबार कोरोना भ्याक्सिनको अन्तिम चरणको ह्युमन ट्रायल सुरु गरेको छ।

यो भ्याक्सिनको अन्तिम ट्रायल इन्डोनेसियाका १ हजार ६२० बिरामीमा सुरु गरिएको हो। यो भ्याक्सिन इन्डोनेसियाको सररकारी कम्पनी बायो फार्माका साथ मिलेर बनाउने काम भइरहेको छ। 

यसअघि सोमबार सिनोभ्याकले दोस्रो चरणको ट्रायलमा यो भ्याक्सिन सुरक्षित पाइएको जनाएको थियो। सिनोभ्याकले यो भ्याक्सिनका कारण बिरामीमा एन्टीबडी आधारित इम्युन रेस्पोन्स सकारात्मक पाइएको दाबी गरेको छ। 

कोरोनाभ्याक नाम दिइएको यो भ्याक्सिन ती न्यून प्रभावकारी भ्याक्सिनमध्ये एक हो जुन परीक्षणको अन्तिम चरणसम्म पुग्न सफल भएको छ। यी चरणहरुको अध्ययन गरेर यसको असरका बारेमा प्रमाण जुटाउने काम भइरहेको कम्पनीले जनाएको छ। 

कोरोनाभ्याकको अन्तिम चरणको परीक्षण पहिलेदेखि नै ब्राजिलमा पनि चलिरहेको छ। कम्पनीले यसको अन्तिम परीक्षण बंगलादेशमा पनि गर्ने आशा गरिएको छ।

सिनोभ्याकको इन्डोनेसिया ट्रायल यस्तो समयमा भइरहेको जब दक्षिणपूर्वी एसियाका सबैभन्दा घना आवादी भएको देशमा कोरोना संक्रमणको मामिला बढिरहेको छ।  मंगलबारसम्म त्यहाँ एक लाख २७ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन्।

यो ट्रायलका लागि हाल १ हजार २१५ मानिसलाई चुनिएको छ र यो ट्रायल ६ महिनासम्म चल्नेछ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोका अनुसार जबसम्म सबै मानिसलाई भ्याक्सिन दिइँदैन तबसम्म कोरोनाको खतरा टर्दैन। वेस्ट जावाको बन्डुंगमा सुरु गरिएको ट्रायलको लन्च गर्दै उनले भने, ‘आशा छ कि आउँदो जनवरीसम्म हामी भ्याक्सिन बनाउन सफल हुनेछौँ र देशमा सबैलाई यो भ्याक्सिन दिन सक्नेछौँ।’ – एजेन्सी