काठमाण्डौ । अनियन्त्रित बनेको चीनको सबैभन्दा ठूलो रकेट अन्ततः पृथ्वीमा खसेको छ। 

चिनियाँ मिडियाहरुका अनुसार चीनको अनियन्त्रित रकेट माल्दिभ्सनजिकै हिन्द महासागरमा खसेको छ। यो रकेट धेरैजसो टुक्रा वायुमण्डलमै जलेको बताइएको छ। 

अन्तरिक्षमा नजर राख्ने विश्वभरका मानिसहरुले चीनले लन्च गरेको ‘मार्च फाइभ बी’ अन्तरिक्षयान पृथ्वीमा खस्ने विषयमा अनेकन अड्कलबाजी गरेका थिए। यो अनियन्त्रित रकेट स्थानीय समयअनुसार बिहान १०ः१२ बाट पृथ्वीमा खस्न सुरु गरेको थियो। 

यो रकेट गत अप्रिल २९ मा चीनको हाइनान द्वीपीबाट प्रक्षेपित गरिएको थियो। जुन चीनको अन्तर्राष्ट्रिय स्पेस स्टेसनको प्रमुख मोड्युल पृथ्वीको तल्लो कक्षातिर खसिरहेको थियो। 

अमेरिकाको यूएस स्पेस कमान्डले पनि चीनको अनियन्त्रित रकेटका टुक्राहरु वायुमण्डलमै जलेको पुष्टि गरेको छ। यद्यपि जलेका टुक्राहरु कहाँ खस्यो भने यकिन जानकारी प्राप्त भइसकेको छैन। ‘वायुमण्डलमै जलेका रकेटका टुक्राहरु जमिनमा खसेकी कि समुद्रा हालसम्म पत्ता लागेको छैन’, यूएस स्पेस कमान्डले ट्विटरमा लेखेको छ।

यो रकेट पृथ्वीमा खस्ने भएपछि निकै चिन्ताको विषय बनेको थियो। किनकि यसको टन १८ टन थियो र दशकौँपछि पृथ्वीको वायुमण्डल पहिलोपटक अनियन्त्रित भई खसेको थियो वस्तु थियो। – एजेन्सी