काठमाण्डौ । चीनले अफ्रिकन स्वाइन फिभर ९एएसएफ० नियन्त्रणका लागि भारतीय सुँगुर र बँदेलको आयातमा रोक लगाएको छ।

असामका घरेलु सुँगुर र बँदेलमा एएसएफ देखिएपछि चीनको सामान्य प्रशासन र कृषि तथा ग्रामीण मामिला मन्त्रालयले रोक लगाउने निर्णय गरेको हो । चीन विश्वमा सुँगुरको सबैभन्दा ठुलो उपभोक्ता हो।

रोयटर्सका अनुसार गत वर्ष उक्त घातक रोगले ठूलो संख्यामा चीनमा सुँगुरहरू मरेका थिए। यसपटक त्यसको उत्पादनलाई पुनर्स्थापित गर्न चीनले प्रतिबन्ध लगाएको अनुमान गरिएको छ। 

गत वर्ष डिसेम्बरमा एएसएफका कारण चीनको सुँगुरको मासु उत्पादनमा १६ वर्ष यताकै कम भएको थियो।

यसैगरी चीनले डिसेम्बरबाट गरेको भन्सार कडाइले भारतबाट हुने भैंसीको मासुको आयातमा असर पारेको छ। चीनको यो कदमलाई भारत-चीन सीमामा पछिल्लो समय देखिएको तनावसँग जोडेर हेरिएको छ।