काठमाण्डौ । चीनले लण्डनका लागि पहिलो मालगाडी(मालवाहक रेल) सेवा सुरु गरेको छ । यो रेल करिब १२ हजार किलोमिटरको यात्रा पूरा गरी लण्डन पुुग्नेछ । विश्वकै दोश्रो ठूलो अर्थतन्त्र चीनले आफ्नो कारोबार फैलाउनका लागि यो कदम चालेको हो । 

यो बेला चीन मन्दीको मारसँग पनि जुधिरहेको छ । मालगाडी रेल चीनको सिनजियाङस्थित इन्टरनेशनल कमोडिटी हब यीवुुदेखि आइतबार रवाना भएको हो । चाइना रेल्वे कर्पोरेसन(सीआरसी)लाई उद्धृत गर्दै मिडिया रिपोर्टहरुमा जनाइए अनुसार यो रेलले १८ दिनको अवधिमा १२ हजार किलोमिटरको लामो यात्रा पूरा गर्नेछ । 

यीवुमा घरेलु प्रयोजनका साना साना सामान निकै धेरै बढ्ने गरेको छ । यही भएर यो टेनमा पनि कपडा, ब्याग, सुट्केस र अन्य घरेलु सामान लण्डन पठाइएको बताइएको छ । 

यो रेल काजकिस्तान, रुस, बेलारुस, पोल्याण्ड, जर्मनी, बेल्जियम र फ्रान्स हुँदै लण्डन पुुग्नेछ । लण्डन यूरोपको त्यस्तो १५ औं देश हो, जो चाइना यूूरोप फ्रेट ट्रेन सर्भिससँग जोडिएको छ । 

सीआरसीका अनुसार यो सेवाबाट चीन र ब्रिटेनको व्यापार सम्बन्धमा अझ सुधार हुने विश्वास गरिएको छ । योसँगै चीनको पश्चिमी यूरोपमा पकड समेत जम्ने अपेक्षा गरिएको छ । आफ्नो निर्यातलाई अझ मजबुत बनाउनका लागि चीनले करोडौं डलरको कनेक्टिीभिटी प्रोजेक्टको समेत लञ्च गरेको छ, जसको नाम वन बेल्ट वन रोड(सिल्क रुट) राखिएको छ ।