काठमाण्डौ । चीनमा टेस्ला कम्पनीको इलेक्ट्रिक कार बिक्री नराम्ररी प्रभावित भएको छ। चीनमा टेस्लाको हालै भएको गतल प्रचारका कारण त्यहाँको बिक्रीमा कमी आएको हो।

गत अप्रिल महिनामा टेस्लाले २६ हजार युनिट इलेक्ट्रिक कार बिक्री गरेको छ। चाइना प्यासेन्जर कार एसोसिएसनले सार्वजनिक गरेको आँकडाअनुसार यो आँकडा गत वर्षको अप्रिल महिनाको तुलनामा २७ प्रतिशतले कम हो। 

टेस्लाको बिक्रीमा कमी आए पनि चिनियाँ इलेक्ट्रिक कार निर्माताहरु नियो, एक्सपेङ र ली अटोको बिक्रीमा भने बढोत्तरी आएको छ। 

सांघाईमा गत महिना भएको अटो सोमा टेस्ला इलेक्ट्रिक कारका मालिकहरुले आफ्नो कारको समस्याका बारेमा गुनोसो गरेका थिए। यस्तै ५ वटा चिनियाँ नियाकम निकायहरुले पनि टेस्लाको सांघाईमा निर्मित मोडल ३ कारहरुका बारेमा प्रश्न उठाएका थिए। 

टेस्ला कारको अनबोर्डमा जडित क्यामेरा जासुसीका लागि प्रयोग हुन सक्ने भन्दै चिनियाँ सेनाले टेस्लाका कारहरुलाई आफ्नो इलाका र कम्प्लेसक्सहरुमा प्रवेश गर्न रोक लगाएको रिपोर्टहरु पनि बाहिरिएका थिए। जुन आरोपलाई टेस्लाका सीईओ एलन मस्कले नकारेका थिए। 

अमेरिका र चीनबीचको तनावमा देखिएको अनिश्चितताका कारण टेस्लाले सांघाईको कारखानालाई विस्तार गर्नका लागि जमिन खरिद गर्ने योजना रद्द गरेपछि मंगलबार कम्पनीको सेयरमूल्यमा पनि गिरावट आएको छ। – एजेन्सी