काठमाण्डौ । चीनमा पछिल्ला केही दिनयता कोरोनाबाट संक्रमित हुनेहरुको संख्या बढ्न थालेको छ।
चिनिया स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही सातादेखि संक्रमितको संख्या फेरि बढ्न थालेको बताएका छन्। चीनको नेसनल हेल्थ कमिसनका अनुसार चीनका विभिन्न सहरमा बुधबारमात्र ४०२ जना कोरोना संक्रमण पुष्टि भएको छ। गत मंगलबार पनि २३३ जनामा संक्रमण पुष्टि भएको थियो।
चीनको जिलिन, सान्दोन र सान्सी प्रान्तका केही स्थानमा संक्रमित भेटिएका हुन्। सबैभन्दा बढी संक्रमित जिलिनमा फेला परेका छन्। जिलिनमा मात्र १६५ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमितको संख्या बढ्न थालेपछि चीन सरकारले कोरोनाबाट निको भएका नागरिकहरुको पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ।
सबै नागरिकलाई कोरोना पुनः हुनसक्ने सम्भावनालाई दृष्टिगत गर्दै चीनले निरन्तर परीक्षण गरिरहेको छ।
हाल चीनमा सक्रिय संक्रमितको संख्या ४ हजार ६०० भन्दा बढी रहेको छ। – एजेन्सी
3 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago