काठमाण्डौ । चीनमा फेरि एकपटक कोरोनाभाइरसको संक्रमण तीव्रगतिमा बढिरहेको छ।

चीनमा सोमबार १६ हजार ५९० नयाँ संक्रमित थपिएका छन्। जसमध्ये १ हजार २३५ जनामा संक्रमणको लक्षण देखिएको छ। तर, १५ हजार ३५५ संक्रमितमा कुनै लक्षण देखिएको छैन। 

चीनको व्यापारिक सहर सांघाईमा सबैभन्दा बढी संक्रमित भेटिएका छन्।

चीन सरकारले विच्याटको आधिकारिक अकाउन्टबाट मंगलबार सांघाईमा १३ हजार ८६ नयाँ कोरोना भाइरसका संक्रमित भेटिएको जानकारी दिएको छ। उनीहरुमध्ये २८६ जनामा लक्षण देखिएको छ भने बाँकी अधिकांश संक्रमितमा लक्षण नदेखिएको जनाइएको छ। 

गत आइतबार लक्षण नदेखिएका बिरामीको संख्या ८ हजार ५८१ रहेको थियो भने संक्रमणको लक्षण भएका ४२५ जना थिए। –एजेन्सी