काठमाण्डौ । चीनमा फेरि कोरोना संक्रमणको मामिला बढ्न थालेको छ।
चीनका स्वास्थ्य अधिकारीका अनुसार अप्रिलदेखि कोरोना संक्रमणका मामिलाहरु लगातार बढिरहेको छ। बढ्दो संक्रमणलाई लिएर चीन सरकारले जनतालाई सचेत गराइरहेको छ।
चीनमा जुनमा कोरोनाको नयाँ लहर चरम सीमामा पुग्ने चिनियाँ स्वास्थ्य अधिकारीहरुको प्रक्षेपण रहेको छ। कोरोनाभाइरसको नयाँ एक्सबीबी भेरियन्ट तीव्रगतिमा फैलिरहेकोले हरेक हप्ता ६ करोड ५० लाख मानिस संक्रमित हुन सक्ने उनीहरुको अनुमान छ।
बढ्दो संक्रमणलाई ध्यानमा राख्दै चिनियाँ अधिकारीहरुले १ अर्ब लाख करोड जनतालाई खोप लगाउन जोड दिइरहेका छन्।
एपिडेमियोलोजिस्ट झोङ नानशानले गत हप्ता ग्वाङ्झाउ सहरमा भएको सम्मेलनमा स्वास्थ्य अधिकारीहरुले ओमिक्रोन सबभेरिएन्ट एक्सबीबी नियन्त्रण गर्न दुईवटा नयाँ खोप विकास भइरहेको जानकारी दिए। ‘तीनदेखि चारवटा नयाँ खोप पनि छिट्टै स्वीकृत हुने अपेक्षा गरिएको छ’, उनले भने।
झोङले जुनको अन्त्यसम्ममा हरेक हप्ता करिब ६ करोड ५० लाख मानिस कोरोनाबाट संक्रमित हुन सक्ने अनुमान पनि गरे । चीनले अहिले हरेक दिन कोरोना संक्रमितको संख्या जारी गर्न बन्द गरेको छ।
यदि जुनमा कोरोनाको नयाँ लहर आयो भने यो चीनका लागि सबैभन्दा ठूलो झड्का हुनेछ।
युनिभर्सिटी अफ हङकङ स्कुल अफ पब्लिक हेल्थका अर्का एपिडेमोलोजिस्टले संक्रमण दर बढी भए पनि गम्भीर केसहरु निश्चित रुपमा कम हुने बताएका छन्। –एजेन्सी
8 hours ago
8 hours ago
13 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago
16 hours ago