काठमाण्डौ । चीनमा गाडी निर्माता कम्पनीहरुले मानिसमा देखिएको कोरोनाभाइरसको चिन्तालाई ध्यानमा राखेर एन्टी भाइरस फिचर भएका कारहरु निर्माण जुटेका छन्।

यो नयाँ मोडलको मुख्य उद्देश्य भनेको कारको क्याबिनभित्र यस्तो सुरक्षा प्रबन्ध मिलाउने हो जुन सामान्यतः मास्क लगाउँदा हुन्छ। चीनका कोही ठूला गाडी निर्माता कम्पनीहरु अहिले एन्टी भाइरस फिचर भएका कार बनाएर लन्च गर्ने तयारीमा छन्। 

कोरोनाभाइरस संकटका कारण चीन पूर्ण रुपमा लकडाउन गर्नुपर्यो। त्यसका कारण यो वर्षको पहिलो त्रैमासमा चीनमा कारको बिक्री निकै गिरावट आएको छ। 

चीनमा एन्टी भाइरस फिचर कार बनाउने पहिलो कम्पनी गिली बनेको छ। जसले लन्डन ब्ल्याक क्याब्स बनाउँछ।

यो कम्पनीले हेल्दी कार प्रोजेक्टको मुख्य उद्देश्य साना पार्टिकल्स कारभित्र घुस्नबाट रोक्नु नै रहेको छ। यसरी कारभित्रका चालक र यात्रुलाई भाइरसको जोखिमबाट बचाउन सकिन्छ।

गिली एन्टी माइक्रोबायल मेटेरियल्स विकास गर्छ ता कि कार कन्ट्रोल र डोर ह्यान्डल्समा ब्याक्टेरिया र भाइरसबाट मुक्ता गर्न सकिन्छ। गिलीका प्रवक्ता भन्छन्, ‘उपभाक्ता आफ्नो कारमा निकै समय बिताउँछन्। कार उनीहरुको दोस्रो घरजस्तै हो। स्वास्थ्यवद्र्धक उत्पादन बनाएर हामी उपभोक्ताको स्वस्थ्य जिन्दगीको माग पूरा गर्न सक्छौँ।’

चालक र यात्रुको स्वास्थ्य राम्रो बनाउने फिचर विकसित गर्नु नै कम्पनीको प्रमुख दीर्घकालीन योजना रहेको बताइएको छ। 

गिलीको नयाँ कार कन्ट्याक्टलेस डेलिभरीका लागि कम्पनीले ड्रोन्सको प्रयोग गरिरहेको छ ता कि ग्राहकलाई चाबी पुर्याउन सकियोस्। ब्रिटेनको आइकनिक ब्रान्ड एमजीका मालिक एसएआईसीले एउटा अल्ट्राभाइलेट ल्याम्पको अप्सन फिचर जोडेका छन्। यो ल्याम्प कारको एयर कन्डिसनिङ सिस्टमका माध्यमबाट आउने हावालाई स्टरलाइज गर्छ। 

प्रतिस्पर्धी कार कम्पनी गुआङ्गझो अटोमाबाइल (जीएसी) एउटा नयाँ तीनस्तरी एयर फिल्टर सिस्टम आफ्नो नयाँ कारमा समावेश गरिरहेको छ। रिसर्च फर्म फ्रास्ट एन्ड सुलिवानका मोबिलिटी एक्सपर्ट विवेक बैद्य भन्छन्, ‘कम्पनीहरु कारहरुमा हेल्थ वेलनेस वेलबिइङ फिचर्स बनाउनेमा निश्चित रुपमा फोकस भइरहेका छन्। यी फिचर्सका विकासबारे पहिले पत्ता लागेको थियो तर अहिले कोभिड–१९ को संकटले यसलाई तीव्रता दिएको छ।’

यी फिचर्स हाइजिन र स्वास्थ्य समस्या हल गर्ने कोसिसमात्र होइन आउने समयमा ब्रान्ड्स र मोडल्सका लागि पनि प्रमुख डिफरेन्सिएटर साबित हुने बताइएको छ। बैद्य भन्छन्, ‘यो केवल चीनमा मात्र सीमित छैन। अहिले एउटा ग्लोबल ट्रेन्ड बनिसकेको छ।’ – एजेन्सी