काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको उद्गमस्थल चीनमा संक्रमणको मामिला घट्न थालेको छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार बितेको २४ घन्टामा चीनमा कुल १३ नयाँ संक्रमणको मामिला देखिएको छ। जुन अघिल्लो दिनको तुलनामा घटेको हो। अघिल्लो दिन चीनमा १९ जना नयाँ कोरोना संक्रमित फेला परेका थिए। 

पछिल्लो २४ घन्टामा फेला परेका नयाँ १३ संक्रमितमध्ये ११ जना राजधानी बेइजिङका छन्। बेइजिङमा नयाँ संक्रमण मामिला घटेको हो। किनकि अघिल्लो दिनमात्रै बेइजिङमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

पछिल्लो २४ घन्टामा थपिएका नयाँ मामिलासँगै चीनमा हालसम्म कोरोना संक्रमितको ८३ हजार ४६२ पुगेको छ। – एजेन्सी