काठमाण्डौ। विश्वविख्यात इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाको चीनमा ७० प्रतिशतले व्यापार घटेको छ।

चीनको कार एसोसिएसनका अनुसार गत जुलाईमा चीनमा टेस्लाको ८ हजार ६२१ युनिट कारमात्र बिक्री भएको छ। जब कि कम्पनीले उच्च बिक्रीको सम्भवना देखाउँदै चीनका लागिमात्रै २४ हजार ३४७ युनिट कार निर्माण गरेको थियो। यसरी कार बिक्री घट्नुमा टेस्लाले चीनमासमस्या भोगेकै कारण रहेको बताइएको छ।

टेस्लाले चीनस्थित स्थानीय कार उत्पादक कम्पनीसँग प्रतिस्पर्धा गर्न नसक्नु र खराब प्रचारप्रसारका कारण टेस्ला कम्पनीको बिक्री घटेको बताइएको छ। केही समय पहिला चीनको सांघाईमा निर्मित कारहरुमा प्राविधिक समस्याका कारण टेस्लाले कार फिर्ता मगाएको थियो। सांघाईका ग्राहकले टेस्ला कम्पनीको कारमा कमजोर सुरक्षा प्रणाली तथा कारको गुणस्तरमाथि प्रश्न उठाएका थिए। 

चीनमा कारको बिक्री घटे पनि विश्व सेयर बजारमा भने टेस्ला कम्पनीको सेयरमा खासै ठूलो प्रभाव परेको छैन। हालसम्म जम्मा १ प्रतिशत मात्रै सेयरमूल्यमा गिरावट आएको छ। 

टेस्लाले निकट भविष्यमा भारतमा पनि कार उत्पादन गर्ने जनाएको छ।  

विश्व बजारमा विद्युतीय कार बिक्रीमा  टेस्ला कम्पनीको वश्र्चव भने कायमै रहेको छ। विश्लेषकहरुले भने चीनमा टेस्ला कम्पनीले उत्पादनमा सुधार नगरे गम्भीर प्रभाव पर्न सक्ने चेतवनी दिएका छन्। – एजेन्सी