काठमाण्डौ । विश्वभर खाद्यान्न, पेय पदार्थ, लत्ताकपडा र मेसेनरी पार्टपुर्जा निर्यातमा अग्रस्थामा रहेको चीनमा विविध कारणले मुद्रास्फीति बढ्दा संसारभर महँगी बढ्ने देखिएको छ। 

खासगरी चीनका उत्पादक कम्पनीहरुमा लागत बढ्दा विश्वभर उपभोक्ता मूल्यमा प्रभाव परेको हो। गत अक्टोबरमा मात्रै अघिल्लो  अक्टोबरको तुलनामा वस्तु तथा समानको   मूल्यमा १३.५ प्रतिशतले वृद्धि भएको छ। चीनको राष्ट्रिय तथ्यांक विभागका अनुसार गत सेक्टेम्बरमा पनि १०.७ प्रतिशतले मूल्यवृद्धि थियो। 

त्यसैगरी गत वर्षको तुलानामा यस बर्ष उपभोक्ता मूल्यवृद्धि १.५ प्रतिशतले बढको छ। यसरी मूल्य बढ्नको प्रमुख कारण ऊर्जाको मूल्य तथा सप्लाई चेनमा समस्या आउँदा समग्र उपभोक्ता मूल्यमा प्रभाव परेको हो। 

चीनमा अधिक वर्षाका कारण तरकारी तथा अन्य कृषिउपज  उत्पादनमा कमी आएको   हो। त्यसैगरी कोभिडको प्रभावका कारण पनि चीनको उत्पादन मूल्यमा प्रभाव परेको बताइएको छ। 

हाल चीनमा पेट्रोल तथा डिजेलमा ३० प्रतिशतसम्म मूल्य बढेको छ। मुख्य गरेर इन्धनको मूल्य बढ्दा कोइला तथा माइनिङको लागत बढेको छ। योसँगै विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको राष्ट्र चीनमा बस्तु तथा सामग्रीको मूल्य बढ्दा त्यसको असर संसारभर पर्ने अर्थशास्त्रीहरुले बताएका छन्। 

एचएसबीसी बैंकका एक उच्च अधिकारी तथा अर्थशास्त्री जिङ लियुका अनुसार यदि ऊर्जाको मूल्य बढ्दै गएमा उपभोक्ता मूल्य वृद्धि निरन्तर बढ्दै जानेछ र उपभोक्ता उच्च मूल्य तिर्न बाध्या हुनेछन्। 

चीनमा हाल मुद्रास्फीति १.५ प्रतिशत रहेको छ। जुन एक वर्षकै उच्च हो। 

अर्थशास्त्रको नियमअनुसार मुद्रास्फीति बढ्दै जाँदा पैसाको भ्यालु घट्ने र सामान तथा वस्तु खरिद गर्नका लागि बढी पैसा आवश्यक पर्ने हुन्छ। यसको सीधा असर सर्वसाधारणको बचतमा पर्ने गर्छ। – एजेन्सी