काठमाण्डौ। सन् २०२१ मा चीनमा शिशु जन्मदर हालसम्मै न्यून देखिएको छ। 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सरकारले जनसंख्या बढाउन लिएको नीति असफल बन्दै गएको छ। 

चीनले केही वर्षपहिले जनसंख्या घटाउने अभियानअन्तर्गत एक दम्पती एक सन्तानको नीति लिएको थियो। अहिले जनसंख्या बढाउन चीनले एक दम्पती ३ सन्तानको नीति लिएको छ। तर संसारकै सबैभन्दा उच्च जनसंख्या भएको देश चीनमा सन् २०२१ मा सबै कम १०.६२ मिलियनमात्रै बच्चा जन्मिए। 

चीनमा कम्युनिस्ट सरकार भएदेखि सन् १९४५ देखि जन्मदर घट्दै आएको छ। सन् २०२१ मा ११.६ प्रतिशतले जन्मदर घटेको छ। जुन सन् १९४९ यताकै सबैभन्दा कम हो। सन् २०२० मा पनि जन्मदर १८ प्रतिशत थियो। 

त्यसो सन् २०२१ मा चीनमा ४३ प्रतिशत शिशुको जन्म दोस्रो सन्तानका रुपमा भएको छ। तीन सन्तान नीतिले चीन जनसंख्या बढ्नेमा भने सरकार विश्वस्त छ।

चीनको जनसंख्या विभागले भने यसरी नै जन्मदर घट्दै गएमा चीनको जनसंख्या निकै घट्ने चेतावनी दिएको छ। –एजेन्सी