काठमाण्डौ । चीनको केन्द्रीय बैंकले कोरोनापछिको अर्थतन्त्रमा आएको सुस्ततासँग जुध्न ब्याजदर घटाएको घोषणा गरेको छ। पछिल्लो ३ महिनामा चिनियाँ केन्द्रीय बैंकले ब्याजदर घटाएको यो दोस्रोपटक हो।
पिपुल्स बैंक अफ चाइनाले १ वर्षको प्राइम रेट ३.५५ प्रतिशतबाट घटाएर ३.४५ प्रतिशतमा झारेको जनाएको छ। एक वर्षको प्राइम रेट कर्पोरेट ऋणका लागि प्रयोग गरिन्छ।
त्यसैगरी पाँचवर्षे एलपीआर ४.२ प्रतिशतमा झरेको छ। यसलाई सुरक्षित ऋण दिन प्रयोग गरिन्छ।
चिनियाँ केन्द्रीय बैंकले गरेको यो कटौतीपछि ब्याजदर ऐतिहासिक तल्लो तहमा पुगेको छ। यसअघि जुनमा पिपुल्स बैंक अफ चाइनाले १ वर्षको कर्जा प्राइम रेट १० आधार बिन्दुले घटाएर ३.५५ प्रतिशतमा पुर्याएको थियो। त्यसैगरी पाँचवर्षे प्राइम रेट ४.३ प्रतिशतबाट ४.२ प्रतिशतमा झारेको थियो।
चीनको प्रयास ब्याजदर घटाएर बैंकहरुलाई थप कर्जा दिन प्रोत्साहित गर्ने हो। जसले गर्दा धेरैले कम ब्याजदरमा ऋण लिन सक्छन् र अर्थतन्त्रलाई गति दिन सकिन्छ।
यसबाहेक चीनको यो कदमलाई अन्य देशबाट लगानी आकर्षित गर्ने कदमका रुपमा हेरिएको छ। किनकि पश्चिमा राष्ट्रहरुले मुद्रास्फीति नियन्त्रण गर्न लगातार ब्याजदर बढाइरहेका छन्। यस्तो अवस्थामा चीनले ब्याजदर घटाएर सुस्त अर्थतन्त्रलाई गतिशील बनाउन खोजिरहेको छ।
कोरोनाका कारण लामो समयदेखि बन्दाबन्दीका कारण चिनियाँ अर्थतन्त्रमा ठूलो असर परेको छ। जसका कारण चीनको आर्थिक वृद्धिदरमा ठूलो गिरावट आएको छ। –एजेन्सी
19 minutes ago
25 minutes ago
42 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago