काठमाण्डौ । अमेरिकाका सुरक्षा सल्लाहकार ज्याक सुलिवनले कोरोनाभाइरसको उत्पत्तिबारे थालिएको अनुसन्धानमा सहयोग नगरे चीनलाई अन्तर्राष्ट्रिय समुदायबाट अलग्याइने धम्की दिएका छन्। 

कोरोनाको उत्पत्तिबारे अमेरिकाले अनुसनधान बढाएसँगै आइतबार सुलिवनले यस्तो अभिव्यक्ति दिएका हुन्। उनले भने, ‘कोरोनाको उत्पत्तिबारे बेइजिङले सहयोग नगरे उसले आइसोलेसनको सामना गर्नुपर्नेछ।’ 

फक्सन्युजमा  अन्तर्वार्ता दिँदै सुलिवनले जी–७ राष्ट्रका नेताहरुलाई यस विषयमा चीनलाई दबाब अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेको आह्वानको प्रशंसा गरेका छन्।  ‘यो साता युरोपमा बाइडेनले पहिलोपटक कोभिड महामारीको मामिलामा सबै देशहरुलाई एकजुट गर्न सफल भएका छन्। पूर्वराष्ट्रपनि ट्रम्प यस्तो गर्नबाट चुकेका थिए तर बाइडेनले यसलाई सफल पारेका छन्’, उनदले भने, ‘जी–७ का सबै सदस्य राष्ट्रहरुले चीनका विरुद्ध आवाज उठाएका छन् र उनीहरुले चीनलाई यस विषयमा जाँच गर्न अनुमित दिन भनेका छन्।’ 

कोरोनाको उत्पत्तिबारे अहिले पनि रहस्यमै छ।  

गत बुधबार राष्ट्रपति बाइडेनले चीन आफूलाई अग्रेणी र एउटा जिम्मेवार देशका रुपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको छ र कोरोना महामारी र भ्याक्सिनलाई लिएर विश्वलाई कसरी सहयोग गरिरहेको छ भनेर देखाउन चाहिरहेको छ बताएका थिए। ‘मलाई लाग्छ कि मानवअधिकार तथा पारदर्शिताको मामिलामा अन्तर्राष्ट्रियस्तरमा चीनले अधिक जिम्मेवारीका साथ काम गर्न सुरु गर्नुपर्दछ’, बाइडेनले भने। 

सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा कोरोनाको पहिलो मामिला देखिएको थियो। चीनमा भाइरस देखिएको २–३ महिनापछि कोरोनाले विश्वर महामारीका रुप लिएको थियो। जसको प्रभाव अहिलेसम्मकै कायम रहेको छ। 

सन् २०२० को मार्च महिनामा विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसलाई महामारीका रुपमा घोषित गरेको थियो। यसपश्चात अमेरिकाले कोरोनाको उत्पत्तिलाई लिएर निष्पक्ष छानबिन हुनुपर्ने आवाज उठाउँदै आइरहेको छ। पूर्वराष्ट्रपति ट्रम्पले सार्वजनिक रुपमै कोरोनाभाइरस चीनको प्रयोगशालाबाट बाहिरिएको अभिव्यक्ति दिने गरेका थिए।