काठमाण्डौ । एप्पलले छिट्टै चीनलाई ठूलो झट्का दिन सक्छ।
कम्पनीले आफ्नो उत्पादन प्लान्ट चीनबाट बाहिर सार्ने योजना बनाएको होछ। यदि यस्तो भयो भने यो चीनका लागि ठूलो झट्का हुनेछ।
पछिल्लो समय चीनमा कोरोना लकडाउनलाई लिएर लगातार झडप भइरहेको छ। चीनको झेंग्झाउ ‘आईफोन सिटी’ प्लान्टमा कामदारहरुले विरोध गरेको बारम्बार रिपोर्टहरु थिए। अब यसलाई हेर्दै कम्पनीले आफ्नो उत्पादन एसियाका अन्य बजारमा सार्न सक्छ। यसका लागि कम्पनीले भारत वा भियतनाम छनोट गर्न सक्छ।
द वाल स्ट्रिट जर्नलका अनुसार एप्पलले ताइवान एसेम्बलीमा निर्भरता कम गर्न काम गरिरहेको छ। फक्सकन टेक्नोलोजी समूह यसको नेतृत्व गर्दछ। चीनको झेंग्झाउमा रहेको फक्सकन कारखानामा करिब ३ लाख कामदार काम गर्छन्। यो कारखानामा आइफोनबाहेक एप्पलका अन्य उपकरणहरु पनि उत्पादन हुन्छन्।
मार्केट रिसर्च फर्म काउन्टरपोइन्ट रिसर्चका अनुसार झेंग्झाउ एक्लैले आईफोन प्रो लाइनअपको ८५ प्रतिशत उत्पादन गर्दछ। तर, नोभेम्बरमा झेङझाउ सहरमा रहेको आइफोन प्लान्टमा हिंसात्मक झडप भएको खबर आएको थियो।
सामाजिक सञ्जालमा यसबारे धेरै पोस्ट भाइरल पनि भएका छन्। चाइना आइफोन फ्याक्ट्रीको अवस्थालाई लिएर सडकमा मजदुरहरुले विरोध गरेको देख्न सकिन्छ। सयौँ प्रदर्शनकारीले फक्सकनको चिनियाँ प्लान्टमा पनि क्षति पुर्याएका छन्।
कोरोनाका कारण कारखानामा लागू गरिएको दिशानिर्देश यसका पछाडि रहेको बताइएको छ। सामाजिक सञ्जालमा भाइरल भएका केही भिडियोमा कामदारहरु लाठीले सीसीटीभी क्यामेरा तोड्दै गरेको देखियो। जब स्थिति बिग्रियो फक्सकनले माफी मागेको एक विज्ञप्ति जारी गर्यो। यस्तो अवस्था आउनुमा प्राविधिक त्रुटि रहेको बताइएको छ।
कम्पनीले भर्खरै पुष्टि गरेको छ कि आईफोन १४ प्रोको ढिलाइ हुन सक्छ। यसका पछाडि कोरोनाका कारण चीनमा लगाइएको प्रतिबन्ध रहेको बताइएको छ। अहिले कम क्षमतामा आइफोन प्रो मोडलको उत्पादनको काम भइरहेको छ। –एजेन्सी
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago