काठमाण्डौ । चिनियाँ वैज्ञानिकहरुले तयार पारेको कृत्रिम सूर्य वास्तविक सूर्यभन्दा १० गुणा धेरै शक्तिशाली भएको रिपार्ट सार्वजनिक भएको छ। 

वेबसाइट मिररको रिपार्टका अनुसार हालै सक्रिय भएपश्चात चीनको कृत्रिम सूर्यको तापक्रम वास्तविक सूर्यभन्दा १० गुणा अधिकसम्म पुुगेको छ। स्पष्ट रुपमा भन्नुपर्दा १०० सेकेन्डका लागि कृत्रिम सूर्य वास्तविक सूर्यभन्दा १० गुणा धेरै तातिएको छ। यो कृत्रिम सूर्यले वास्तविक सूर्यजत्तिकै प्रकाश दिने र ऊर्जाको आवश्यकतालाई परिपूर्ति गर्ने रिपार्टमा उल्लेख छ। 

यसअघि यो कृत्रिम सूर्यले १६ करोड डिग्री सेल्सियस तापक्रम हासिल गरेको थियो। चिनियाँ वैज्ञानिकहरुले कृत्रिम सूर्यले १२ करोड डिग्री सेल्सियसभन्दा धेरै तापक्रम हासिल गर्नु नै ठूलो सफलता भएको बताएका छन्। यसपटक वैज्ञानिकहरुले १०० सेकेन्डका लागि १० करोड डिग्री सेल्सियसको प्लाज्मा तापक्रम बनाइराख्नका लागि यसअघिको रेकर्ड तोडेका छन्। 

सेन्जको दक्षिणी विज्ञान तथा प्राविधिक विश्वविद्यालयका भौतिक विभागका निर्देशक ली मियाओका अनुसार अबको लक्ष्य रिक्यटरका लागि एक साताका लागि निरन्तर स्थिर तापक्रम कायम राख्ने हुन सक्ने बताए। उनले चीनको सरकारी अखबार ग्लोबल टाइम्सलाई भने, ‘यो महत्वपूर्ण सफलता हो। अगामी लक्ष्य तापक्रमलाई लामो समयसम्म स्थिर राख्नुु हुनेछ। अब यसतर्फ हाम्रो ध्यान केन्द्रित हुनेछ।’ 

चीनको सबैभन्दा ठूलो र सबैभन्दा उन्नत आणविक परमाणु फ्युुजन उपकरण र तातो प्लाज्मालाई फ्युुजन गर्नका लागि एउटा शक्तिशाली चुम्बकीय क्षेत्रको प्रयोग गर्ने गर्दछ। यो लगभग अनन्त स्वच्छ ऊर्जा प्रदान गर्नका लागि सूर्य र ताराहरुमा स्वभाविक रुपमा हुने आणविक फ्युुजन प्रक्रियालाई दोहोर्याउनका लागि डिजाइन गरिएको हो। 

चीनको पूर्वी अनहुुई प्रान्तमास्थित यो रिएक्टरलाई अत्यधिक गर्मी र शक्तिका कारण ‘कृत्रिम सूर्य’ भन्ने गरिन्छ। यसलाई गत वर्षको अन्तिमतिर तयार गरिएको थियो। 

पिपुल्स डेलीले यो रिएक्टरका बारेमा यस्तो लेखेको छ, ‘आणविक फ्युुजन ऊर्जाको विकास केवल चीनको रणनीतिक ऊर्जा आवश्यकतालाई समाधान गर्ने एक माध्यमका साथ–साथै चीनको ऊर्जा तथा राष्ट्रिय अर्थव्यवस्थाको भविष्यको अविरल विकासका लागि एकदमै महत्व राख्ने गर्दछ।’ 

चिनियाँ वैज्ञानिकहरु आणविक फ्युुजन रिएक्टरको साना संस्करणहरु विकास गर्नका लागि सन् २००६ देखि काम गरिरहेका छन्। 

फ्रान्समा विश्वको सबैभन्दा ठूलो आणविक फ्युुजन अनुसन्धान परियोजना सुचारु छ। जुन सन् २०२५ मा पूरा हुने विश्वास गरिएको छ। 

यस्तै दक्षिण कोरियाको पनि आफ्नो कृत्रिम सूर्य कोरिया सुपर कन्डक्टिङ टोकामक एडभान्च रिसर्च(केएरसटीआर) रहेको छ। जुन २० सेकेन्डका लागि १० करोड डिग्री सेल्सियस तापक्रम स्थिर राख्न सफल भएको छ।   

चीनको रिएक्टरको तापक्रम १२० मिलियन डिग्री सेल्सियससम्म पुुगेको छ। जब कि वास्तविक सूर्यको अधिकतम तापक्रम १५ मिलियन डिग्री सेल्सियस रहेको छ। यस कारण चीनको रिएक्टरलाई वास्तविक सूर्यभन्दा पनि शक्तिशाली भन्ने गरिएको छ। – एजेन्सीको सहयोगमा