काठमाण्डौ । चीनले कोरोनाको प्रकोपबाट सिथिल बनेको अर्थव्यवस्थालाई उकास्नका लागि अतिरिक्त उपाय स्वरुप अर्थतन्त्रमा ५०० बिलियन डलर प्रवाहित गर्ने  भएको छ । 

यस मार्फत चीनमा ९० लाख रोजगार सिर्जना गरिनुुका साथै महामारीको प्रभावलाई कम गरिनेछ । 

यसअघि चीनका प्रधानमन्त्रि लि केकियाङले कोरोनाले निम्त्याएको अनिश्चितताका कारण यो वर्ष आर्थिक लक्ष्य निर्धारण नगरिने जानकारी दिएका थिए । तर, उनले यो संकटको सामना गर्न अझ धेरै आक्रामक वित्तीय प्रतिक्रियाहरु लागू गरिने र यसलाई सरकारको ठूलो ऋणमार्फत पूरा गरिने बताएका थिए । 

चीनले एक दशकको दौरान आर्थिक वृद्धिको लक्ष्य निर्धारण नगरेको यो पहिलो पटक हो । गत वर्ष चीनले ६ देखि ६.५ प्रतिशतको लक्ष्य निर्धारण गरेको थियो । 

कोरोनाभाइरस महामारी र हप्तौ लागू गरिएको लकडाउनका कारण चीनको अर्थतन्त्रमा ऐतिहासिक गिरावट आएको थियो । पहिलो त्रैमासमा चीनको जिडिपिमा ६.८ प्रतिशतको संकुुचन देखिएको थियो । यो सन् १९७६ पछि देखिएको पहिलो संकुुचन थियो । 

चीनको अर्थतन्त्रलाई उकास्न चालिएका वित्तीय प्रतिक्रियाहरुले चीनको पुनर्उत्थान प्रयासमा महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । पुनर्उत्थान प्रयासलाई सहयोग पुुर्याउन चीन सरकारले अतिरिक्त १४० बिलियन डलर खर्च गर्ने अनुुमान गरिएको छ । जसमा कर कटौति, भाडामा गिरावट र रोजगार सिर्जना गर्ने अन्य कदमहरु समावेश गरिनेछन् । 

यसको परिणाम स्वरुप यो वर्ष चीनको जिडिपिको तुुलनामा बजेटमा ३.६ प्रतिशतको घाटा देखिने भएको छ । सन् १९९४ मा वर्तमान वित्तीय प्रणाली लागू गरिएपछि ३ प्रतिशतभन्दा धेरै बजेट घाटा निर्धारण गरिएको यो पहिलो घटना हो । 

गत वर्षको चीनको बजेट घाटा २.८ प्रतिशत रहेको थियो । कोरोना विरुद्धको लडाइका लागि आवश्यक पर्ने मेडिकल सामाग्री र प्रविधिको प्रयोग र उपलब्धताका लागि चीन सरकारले १४० बिलियन डलरको ट्रेजरी बोण्ड पनि जारी गर्ने भएको छ । यसका साथै चीनका स्थानिय सरकारहरुलाई ५२७ बिलियन डलरको विशेष ट्रेजरी बोण्ड जारी गर्ने अनुुमति प्रदान गरिने भएको छ । जसका माध्यमबाट स्थानिय सरकारहरुलाई फाइभ जि नेटवर्कहरु, रेलसेवा, विमानस्थल र अन्य भौतिक संरचनाहरु निमार्ण गर्न सक्नेछन् । 

यो वर्ष चीनले कोरोनाबाट थलिएको अर्थतन्त्रलाई उकास्नका लागि जारी गर्ने अतिरिक्त वित्तीय नीतिको स्तर जिडिपिभन्दा ४ प्रतिशत बढी हुुनेछ । यो स्तर सन् २००८ र २००९ मा देखिएको वित्तिय संकटकै बराबर हुुनेछ । आफ्नो लक्ष्य अनुुरुप देशमा रोजगारको दर बढाउन चीन सरकारले ९० लाख ग्रामीण रोजगार सिर्जना भएको छ । 

चीनका लागि रोजगार सिर्जना गर्ने विषय सधै प्राथमिकतामा पर्ने गर्दछ, तर यो वर्ष यो झनै बढेको छ । कोरोना महामारीका कारण करोडौ चिनियाँ नागरिकहरु कामविहीन बन्न बाध्य बनेका छन् । 

विशेषज्ञहरुले  चीनमा बेरोजगार समस्या बेइजिङको आधिकारिक आँकडा भन्दा धेरै भएको हुुनसक्ने आशंका गरेका छन् ।