काठमाण्डौ । चीनको स्टार्टअप बाइटनले आफ्नो भिजन अटोमोवाइलको फ्यूचरलाई सोकेस गरेको छ । कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ कि इन्ट्यूटिव तथा इन्टेलिजेन्ट कारलाई आगामी वर्षसम्म ग्लोबल मार्केटमा लगभग ४५ हजार डलरमा बिक्री गर्न सुरु गरिनेछ । 

यो इलेक्ट्रिक अवधारणाको कारको बाइटनले अमेरिकाको लसभेगसमा जारी कन्ज्युमर इलेक्ट्रोनिक प्रदर्शनीमा शोकेस गरेको छ । जसमा चक्का(ह्वील्स)मा चल्ने कम्प्युटिङ डिभाइस, प्यानोरेमिक डिस्प्लेसम्म जडान गरिएको छ । यो डिस्प्लेले नेभिगेसन, इन्टरटेनमेन्ट तथा कारमा बस्ने व्यक्तिको स्वास्थ्य समेत जाँच्नेछ ।  

३०  मिनेटमै फूलचार्ज
यो  कारको सुरुवाती भर्जनको मूल्य ४५ हजार डलर हुनेछ । जसमा ७१ किलोवाट ब्याट्री रहेको छ, जुन एकपटक चार्ज भएपछि ४०२ किलोमिटरसम्म  दौडनसक्छ । बाइटनले भनेको छ कि यो बेस मोडलको ब्याट्री ३० मिनेटमा फूल चार्ज हुनेछ । यो कारको अर्को एक महंगो भर्जन समेत छ, जसको मूल्यको बिषयमा कम्पनीले केही बताएको छैन । तर, यो कार चाहि एकपटक चार्ज भएपछि ५२३ किलोमिटरसम्म दौडनसक्छ ।

यस्ता अनौठा विशेषता


यो कारमा प्रविधिको उच्चतम प्रयोग गरिएको छ । यो कारको मुख्य आकर्षण यसको हेडबोर्डको साइजको डिस्प्ले हो । जुन १० इञ्च अग्लो र ५० इञ्च चौडा रहेको छ । यो टचस्क्रिन डिस्प्ले निकै स्मार्ट रहेको एजेन्सीहरुले जनाएका छन् । यसलाई अमेजनको अलेक्सा असिस्टेन्टको माध्यमबाट ध्वनि नियन्त्रण टूल्ससहित पेश गरिएको छ । यति मात्र होइन, यो डिस्प्लेले चालकको मुटुको चाल, वजन, अक्सिजन, ब्लडप्रेसरलाई समेत मनिटर गर्नेछ ।

दक्ष टिम


बाइटनमा अटो, टेक्नोलोजी तथा विद्युतीय सवारी उत्पादन उद्योग क्षेत्रका सबैभन्दा ठूलो कम्पनी बिएमडब्ल्यू, टेस्ला, एप्पल तथा गुगलजस्ता कम्पनीका पुराना कर्मचारीको टिम रहेको छ । यसकारण यो टिमसमेत आफू के गरिरहेको छु भन्ने कुरामा प्रष्ट रहेको समाचारमा जनाइएको छ । 

यो टिमले आफ्नो नयाँ कारलाई चीनमा  सन् २०१९ सम्म पेश गर्ने योजनामा छ । त्यसपछि सन् २०२० पछि यो कार अमेरिका र यूरोपको बजारमा पठाइने बताइएको छ ।