काठमाण्डौ । चीनको सदरमुकाम बेइजिङमा तीन सातापछि स्थानीयस्तरमै कोरोना संक्रमित संख्या बढ्न थालेको पाइएको छ। 

पछिल्लो समय बेइजिङमा बाहिरबाट आएका यात्रुबाट संक्रमण सरेको बढी केसहरु देखिएकोमा बुधबार तीनजनामा स्थानीयस्तरमै कोरोनाको संक्रमण पुष्टि भएको हो। चीनमा स्थानीयस्तरमै बेइजिङसहित अन्य क्षेत्रमा गरी १० जनामा कोरोना संक्रमण देखिएको छ।

राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार बाहिरबाट आएकाहरु ३४ जनामा बुधबार कोरोना पुष्टि भएको छ। यो संख्या पनि अघिल्लो दिनको तुलनामा कम हो। अघिल्लो दिन मंगलबार ३६ जना बाहिरबाट आएकामा कोरोना पुष्टि भएको थियो। अन्तर्राष्ट्रिय उडान कटौती र नाकाहरुमा कडाइ गरिएका कारण बाहिरबाट आएकाहरु कोरोना पुष्टि हुने क्रम घटिरहेको स्वास्थ्य आयोगको छ।

चीनमा स्थानीयस्तरमै कोरोना संक्रमण देखिएका केसहरु पनि बढ्न थालेको छ। अघिल्लो दिनमात्रै स्थानीयस्तरबाटै १० जनामा कोरोना पुष्टि भएकोमा बुधबार १२ जनामा देखियो। तीमध्ये ३ वटा केस बेइजिङका छन्। अन्य स्थानीयस्तरमा देखिएका संक्रमित हिइलोङजियाङ र गोङडोङमा फेल परेका हुन्। 

समग्रमा चीनमा बुधबार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै चीनमा संक्रमितको संख्या ८२ हजार ३४१ पुगेको छ। – एजेन्सी