काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेप संकलनको तुलनामा ऋण प्रवाह ह्वात्तै बढेको छ। 

नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार चैत महिनाको पहिलो सातामात्रै वाणिज्य बैंकहरुबाट २३ अर्ब रुपैयाँले ऋण प्रवाह गरेका छन्। गत फागुन २८ गतेसम्म बैंकहरुले कुल ३४ खर्ब १२ अर्ब रुपैयाँ ऋण प्रवाह गरेकोमा चैत ६ गतेसम्म बढेर ३४ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ। गत फागुनभरि भने बैंकहरुले कुल ९५ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका थिए। 

चैतको पहिलो साता भने बैंकहरुले १४ अर्ब रुपैयाँमात्रै निक्षेप संकलन गरेका छन्। योसँगै चैत ६ गतेसम्म बैंकहरुको कुल निक्षेप ३८ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ। 

गत फागुन अन्तिम २८ गतेसम्म बैंकहरुको कुल निक्षेप संकलन ३८ खर्ब २६ अर्ब रुपैयाँ रहेको थियो। गत फागुन महिनाभरि भने बैंकहरुले ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए।