काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडले पूर्बक्षेत्रका संखुवासभाको चैनपुर र झापको बिर्तामोडमा गल्फ लुब्रिकेन्टका उच्चस्तरीय शोरुमहरु सञ्चालनमा ल्याएको छ ।
कम्पनीले चैनपुरमा आधिकारिक बिक्रेता लक्की सप्लायर्स र झापास्थित आधिकारिक बिक्रेता साहारा कृषि अनुसन्धान तथा बिकास कम्पनी प्रालिको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
ग्राहकलाई उच्च सेवा प्रधान गर्न र नेपालकै सर्वाधिक बिक्री हुने गल्फ लुब्रिकेन्ट सहज रुपमा उपलब्ध गराउने लक्ष्य अनुरुप नयाँ शोरुमहरु सञ्चालनमा आएको कम्पनीले जनाएको छ।
कम्पनीले हिमाल, पहाड, तराई र मधेसका सबै बिकट र निकट स्थानहरुमा गल्फ लुब्रिकेन्टका सेल्स आउटलेट सञ्चालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ ।
लक्की सप्लायर्स शोरुमको उद्धघाटन कम्पनीका कार्यकारी निर्देशक करण चौधरीले गल्फ एक विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड नेपालमा सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड भएको स्पष्ट गर्दै ग्राहकलाई उच्च सेवा प्रधान गर्ने मूल उद्धेष्यका साथ नयाँ उच्चस्तरीय शोरुमहरु सञ्चालनमा ल्याएको बताए ।
फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो । नेपालमा कम्पनीले ३९ वर्षदेखि गल्फ लुब्रिकेन्टका उत्पादन एवं वितरकको काम गर्दै आएको छ ।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago