काठमाण्डौ । पोखरामा आयोजित “चौथो आईटी गु्रप फुटसल प्रतियोगिता” पोखरा फाइनान्सले जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा पोखरा फाइनान्सले ओम डेभलपमेन्ट बैंकलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो । खेलमा विभिन्न बैंक तथा वित्तीय संस्था गरी कुल ९ टिमको सहभागीता रहेको थियो ।

उक्त खेलमा सर्बाेकृष्ट खेलाडी पोखरा फाइनान्सका राजन श्रेष्ठ घोषित भए । विजेता टोलीलाई नगद रु २५ हजार, ट्रफी र मेडल हस्तारण गरिएको थियो । उपविजेता टोलीले नगद १५ हजार, ट्रफी र मेडल पायो । पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले यस्तो प्रकारको प्रतियोगिताले अन्तर बैंक वित्तीय संस्थाबीच सौहार्दपूर्ण वातावरण सिर्जना गर्ने बताए।