काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिकांश वित्तीय सूचकमा छलाङ मारेको छ। 

आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा २० करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्षको यही अवधिको तुलनामा ४८१.८८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले ३ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ४९०.१५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ५ करोड ३८ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेकोमा समीक्षा अवधिमा बढेर ३१ करोड ७६ लाख रुपैयाँ पुगेको छ।

संस्थाको खुद ब्याज आम्दानी १२९.२० प्रतिशतले बढेर ४४ करोड ३२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १९ करोड ३३ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले ४ अर्ब ५९ करोड रुपैयाँ सापटी लिई ६ अर्ब ७७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ अर्ब ५७ करोड रुपैयाँ सापटी लिई २ अर्ब ६० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार पनि ३३४.१३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ७ करोड ९५ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर ३४ करोड ५३ लाख रुपैयाँ पुगेको छ।

चुक्तापुँजी ४३ करोड ५० लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर ४६ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १६.४८ रुपैयाँ रहेको थियो। 

मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४०.२२ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १७९.३८ रुपैयाँ रहेको छ।