काठमाण्डौ। च्याउको अध्ययन अनुसन्धानका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र मसरुम सिड नेपाल एन्ड रिसर्च सेन्टर प्रालिबीच एक सम्झौता भएको छ।
सोमबार नास्टमा आयोजित एक कार्यक्रमकाबीच नास्ट र मसरुम सीड नेपालबीच सम्झौता भएको हो। बहुमूल्य रैथाने जंगली च्याउहरुको मूल्य अभिवृद्धीकरण खेती प्रविधि विकास गर्ने र अन्य प्रमुख आयातित च्याउहरुको ठाउँ सुहाउँदो सरलता तथा उन्नत खेती प्रविधिको विकास गरी च्याउ उत्पादकहरुमा हस्तान्तरण गर्ने उद्देश्यले नास्ट र मसरुम सिड नेपालबीच सहकार्य भएको मसरुम सिड नेपालका डाइरेक्टर आकाश वाडेले बताए। यसका साथै समग्र राष्ट्रिय च्याउ उद्योगलाई उपयोगी हुने अनुसन्धान तथा विकास कार्यलाई संयुक्त रुपमा अघि बढाउन सहमत भई सहकार्यका लागि समझदारी गरेको उनको भनाइ छ।
समझदारीपत्रमा नास्टका विज्ञान संकायका प्रमुख डा. कान्ति श्रेष्ठ र मसरुम सीड नेपालका आकाश वाडेले हस्ताक्षर गरेका छन्। सम्झौतापश्चात नेपालमा च्याउसम्बन्धी अध्ययन अनुसन्धान गर्न थप जिम्मेवारी प्राप्त भएको महसुस भएको र उक्त सम्झौता हस्ताक्षर भएको मितिदेखि एक बर्षसम्म कायम रहने वाडेले बताए।
सम्झौताअनुसार नास्टले च्याउसम्बन्धी प्राविधिक अनुसन्धानहरुमा नेतृत्वदायी भूमिका खेल्नेछ भने नास्टमा उपलब्ध स्रोत र साधान च्याउ अनुसन्धानका लागि उपलब्ध गराउने भएको छ।
त्यस्तै, नास्टले च्याउसम्बन्धी आवश्यक अन्य प्राविधिक सहयोग प्रदान गर्ने सम्झौतामा उल्लेख गरिएको छ भने फिल्डमा हुने अनुसन्धानहरुका लागि आवश्यक हुने स्थान, विजुली, पानी, जनशक्ति आदिको व्यवस्था मसरुम सिड नेपालले गर्ने भएको छ।
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
12 hours ago
13 hours ago
14 hours ago