काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ८८ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा २२.८१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म संस्थाले ७१ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि १.०७ प्रतिशतले बढेर १ अर्ब २४ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा १ अर्ब १२ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी २०.४४ प्रतिशतले बढेर २ अर्ब ११ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब ७५ करोड रुपैयाँ थियो।
चुक्तापुँजी २ अर्ब ८३ करोड रहेको संस्थाले तेस्रो त्रैमासमा ३० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले २७ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब ७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
यो अवधिमा संस्थाको रिजर्भको आकार ६.९५ प्रतिशतले बढेर २ अर्ब ३९ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा २ अर्ब २४ करोड रुपैयाँ रहेको थियो।
संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर १.१९ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल ०.९२ प्रतिशतमा सीमित थियो।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४१.४१ रुपैयाँ, पीई रेसियो १९.८५ गुणाले ऋणात्मक र प्रतिसेयर नेटवर्थ २३२.०८ रुपैयाँ रहेको छ।
6 minutes ago
27 minutes ago
38 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
12 hours ago
12 hours ago
12 hours ago