काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि आकर्षक लाभांश प्रस्ताव गरेको छ।

संस्थाको हिजो बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँको कुल २९ प्रतिशतले हुन आउने ४३ करोड ५० लाख रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा २२ प्रतिशतले हुन आउने ३३ करोड रुपैयाँबराबरको बोनस सेयर र ७ प्रतिशतले हुन आउने १० करोड ५० लाख रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गर्ने संस्थाको बैठकले निर्णय गरेको छ।