धरान । सुनसरीनिवासी कमला राईले आफ्नो जेठी छोरी रुबिना राईको विवाहमा जीवन बीमा योजना उपहार दिएकी छिन्। 

यही माघ ६ गते भएको विवाहमा कमला राईले आफ्नो छोरी रुबिना राई र ज्वाइँ सञ्जित लिम्बुलाई वैवाहिक जीवनको शुभकामना प्रदान गर्दै प्रभु लाइफ इन्स्योरेन्सको उक्त जीवन बीमा योजना उपहार दिएकी हुन्। 

आफ्नो छोरीको विवाहका अवसरमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको कमलाले बताइन्। जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुआत हुने उनको विश्वास छ। 

कमला प्रभु लाइफ इन्स्योरेन्सको धरान शाखाअन्तर्गत बीमा अभिकर्ता वरिष्ठ एजेन्सी म्यानेजर छिन्। ‘समाज परिवर्तन आफैँबाट हुनुपर्छ’, उनले जीवन बीमा पोलिसी हस्तान्तरण गर्दै भनिन्। 

वैवाहिक कार्यक्रममा स्थानीय, आफन्त, पाहुनाका साथै प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट प्रदेश १ प्रमुख पुष्कर भट्टराई र धरान शाखा प्रमुख सन्तोष राई एवं अभिकर्ताहरुको उपस्थिति रहेको थियो। 

जीवन बीमा उपहार प्रदान गर्दै प्रदेश प्रमुख पुष्कर भट्टराईले बधाइ तथा नयाँ संस्कारको सुरुआत गरेकोमा धन्यवाद व्यक्त गरे। 

धरान शाखा प्रमुख सन्तोष राईले जीवन बीमा गर्नलाई धेरै ठूलो आर्थिक स्रोत चाहिन्छ भन्ने नहुने र भइरहेको आम्दानीबाट हुने खर्चलाई व्यवस्थापन गरेर पनि सहजै जीवन बीमा गर्न सकिने बताए।