काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २३ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको यो नाफा गत वर्षको यही अवधिको तुलनामा ६८.७६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ७६ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
कम्पनीको विद्युत बिक्रीको आम्दानी ११.२३ प्रतिशतले बढेर २ करोड ५ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको थियो।
चुक्तापुँजी ३८ करोड ६९ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ २ करोड ३१ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा रिजर्भमा १ करोड ६० लाख रुपैयाँ रहेको थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ७५.९५ प्रतिशतले घटेर २.४७ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा ईपीएस १०.२७ रुपैयाँ थियो।
पीई रेसियो १०१.३३ गुणा रहेको कम्पनी प्रतिसेयर नेटवर्थ ९८.९४ रुपैयाँ रहेको छ।
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago