काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ११ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ। 

आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा १२.१० प्रतिशतले घटेको हो। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड २७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १५.५१ प्रतिशतले घटेर ३ करोड ८६ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष विद्युत बिक्रीबाट हुने आम्दानी ४ करोड ५७ लाख रुपैयाँ रहेको थियो। कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि २७ लाख ९७ हजार रुपैयाँबाट घटेर १७ लाख ४५ हजार रुपैयाँमा सीमित बनेको छ। 

समीक्षा अवधिमा कम्पनीको रिजर्भको आकार १ करोड ११ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष पनि रिजर्भमा १ करोड २७ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी २९ करोड ७६ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ४.७८ रुपैयाँ, पीई रेसियो ५६.२३ गुणा र प्रतिसेयर नेटवर्थ १०३.७५ रुपैयाँ रहेको छ।