काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट गर्नेसम्बन्धी गरेको निर्णय १० दिनमै उल्टिएको छ। 

गत भदौ १८ गते मन्त्रालयले फुकुवा गरेको जग्गाको कित्ताकाटसम्बन्धी निर्णय तीव्र विरोधपछि १० दिनमै उल्टिएको हो। मन्त्रालयल यसअघिको पूर्वनिर्णयहरु बदर गर्दै अब भूमिसम्बन्धी ऐन तथा नियमावली जारी भएपछि मात्र नयाँ कित्ताकाट हुने जनाएको छ। 

गत भदौ १८ गतेको निणय भने जीवितै रहने पनि मन्त्रालयले स्पष्ट पारेको छ। तर त्यही निर्णयमा भने नियमावली कार्यान्वयन आएपछि स्थानीय सरकारले कित्ताकाट गर्ने भनिएको छ। 

मन्त्रालयको विस्तृत निर्णय तल हेर्नुहोस् –