काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद नाफा ९.३४ प्रतिशतले घटेको छ। 

मंगलबार सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले २ करोड २३ लाख खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा २ करोड ४६ लाख रुपैयाँ थियो।

संस्थाको सञ्चालन मुनाफा पनि ४५.४८ प्रतिशतले घटेर १ करोड ९४ लाख रुपैयाँमा खुम्चिएको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्म ३ करोड ५७ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने २६.२६ प्रतिशतले बढेर ११ करोड १३ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ८ करोड ८२ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा संस्थाले १ अर्ब ५२ लाख रुपैयाँ सापटी लिई १ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष संस्थाले ९५ करोड ६५ लाख रुपैयाँ सापटी लिई १ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

संस्थाको रिजर्भको आकार १४.१८ प्रतिशतले बढेर ७ करोड ४६ लाख रुपैयाँको भएको छ। अघिल्लो वर्ष रिजर्भको आकार ६ करोड ५३ लाख रुपैयाँमा सीमित थियो। 

संस्थाको चुक्तापुँजी ८४.३२ प्रतिशतले बढेर ७ करोड ९२ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष चुक्तापुँजी ४ करोड २९ लाख रुपैयाँ थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २८.१७ रुपैयाँ रहेको छ। पीई रेसियो ५९.०७ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १९४.२६ रुपैयाँ रहेको छ।