काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ।

संस्थाको हिजो सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हालसम्म कायम चुक्तापुँजी ७ करोड ९२ लाख रुपैयाँको कुल ५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांशमा ४९.४० प्रतिशतले हुन आउने ३ करोड ९१ लाख २४ हजार ८०० रुपैयाँबराबरको बोनस सेयर र २.६० प्रतिशतले हुन आउने २० लाख ५९ हजार २०० रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।