काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ३ करोड ५१ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ। 

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको संस्थाको यो नाफा गत वर्षको यही अवधिको तुलनामा ९३.०४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि बढेर २ करोड ८९ लाख रुपैयाँ भएको छ। गत वर्ष यस्तो मुनाफा १ करोड ३० लाख रुपैयाँ रहेको थियो।

यो अवधिमा संस्थाले ११ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यस्तो आम्दानी ७ करोड ५७ लाख रुपैयाँमा सीमित थियो।

संस्थाले १ अर्ब ३७ करोड रुपैयाँ सापटी लिई १ अर्ब ९८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ९० करोड २३ लाख रुपैयाँ सापटी लिई १ अर्ब ५३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

संस्थाको रिजर्भको आकार ४४.४९ प्रतिशतले बढेर १२ करोड ६७ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा ८ करोड ७७ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ७ करोड ९२ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ५९.१९ रुपैयाँ रहेको छ। पीई रेसियो ३९.३१ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २६०.०१ रुपैयाँ रहेको छ।