काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले कार्तिक महिनामा आएको बेमौसमी वर्षाका कारण क्षति ब्योहोर्नु परेका समुह सदस्यहरुलाई राहात वितरण गरेको छ। 

वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. ७, मा अवस्थित शाखा कार्यालय रैकवारविचवामा आबद्ध करिब ७०० जना, कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा अवस्थित शाखा कार्यालय लालझाडीमा आबद्ध करिब ५०० जना र बर्दिया जिल्लाको गेरुवा गाउँपालिकामा अवस्थित शाखा कार्यालय शान्तिबजारमा आबद्ध ४८ जना गरी १ हजार २४८ जना समूह सदस्यहरुलाई छुट्टाछुट्टै स्थानमा औपचारिक कार्यक्रम गरी करिब २५ लाख रुपैयाँबराबरको चामल २५ किलो, दाल २ किलो, तेल र नुन सहित वितरण गरेको व्यहोरा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले जानकारी दिए।

वित्तीय संस्थाले पर्सादेखि कञ्चनपुर सम्मका १९ वटा जिल्लाहरुमा ३९ वटा शाखा कार्यालय विस्तार गरी करिब ४७ हजार न्यून तथा मध्यम आय भएका वित्तीय सेवाको पहुँचबाट बञ्चित रहेका विपन्न, समाजमा पछाडी परेका र पारीएका समुदायमा वित्तीय सेवा प्रदान गर्दै आएको छ।