काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।
संस्थाको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई सेयरपुँजी ११ करोड ८३ लाख २४ हजार ८०० रुपैयाँको कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा २५ प्रतिशतले हुन आउने २ करोड ९५ लाख ८१ हजार २०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.३१५७ प्रतिशतले हुन आउने १५ लाख ५६ हजार ९०६ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago