काठमाण्डौ । जनता बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति गरेको छ । यो बैंकले वितरणयोग्य मुनाफातर्फ मात्रै करिब २९५ प्रतिशतले छलाङ हानेको हो । 

अघिल्लो वर्षको यही अवधिमा जनता बैंक नेपालको वितरणयोग्य मुनाफा ६ करोड ४८ लाखमा सीमित रहेकोमा बढेर समीक्षा अवधिमा २५ करोड ५९ लाखको उचाईमा पुगेको हो । 

यो बैंकले खूद नाफा र संचालन मुनाफामा समेत करिब सतप्रतिशतको फड्को मारेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १६ करोड १३ लाखमा सीमित खूद नाफा बढेर यो वर्ष ३२ करोड १९ लाखको उचाईमा पुगेको छ । 

यसैगरी, २३ करोडमा सीमित संचालन मुनाफा बढेर ४५ करोड ९९ लाखको उचाईमा पुगेको छ । 

व्यवसाय बिस्तारमा जनता बैंक लिमीटेडको व्यवस्थापन आक्रामक बन्दै गएको संकेत खूद ब्याज आम्दानीतर्फको बढोत्तरीले गर्दछ । अघिल्लो वर्ष ५१ करोडमा सीमित यस्तो आम्दानी बढेर यो वर्ष ७९ करोड ५० लाखको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा जनता बैंकले ६२ अर्ब ८८ करोड निक्षेप  संकलन गरी ५८ अर्ब ४५ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेपतर्फ २०.३७ प्रतिशत र कर्जातर्फ २३.३७ प्रतिशतको फड्को मारेको हो ।

बैंकले १ अर्ब ९८ करोडमा सीमित रिजर्ब बढेर २ अर्ब ३४ करोडको उचाईमा पुगेको छ । 

बैंकले १.६५ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर १.५४ प्रतिशत कायम भएको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ७४.३७ प्रतिशतको फड्को मारेको छ । अघिल्लो वर्ष ९ रुपैयाँ २३ पैसा रहेको इपीएस बढेर १६ रुपैयाँ १० पैसा कायम भएको हो । यस्तै, प्रतिसेयर नेटवर्थ १२९.३२ रुपैयाँ कायम भएको छ ।