काठमाण्डौ । जनता बैंक नेपाल लिमीटेडले डबल डिजिटको लाभांश वितरणको घोषणा गरेको छ । 

असोज ५ गते आइतबार साँझ ५ बजे बसेको बैंक संचालक समितिको २९१ औं बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि लगानीकर्तालाई १२ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । 

यो बैंकले आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ३० करोड ८ लाख ४० हजार ६०३ रुपैयाँ मुनाफा आर्जन गरेको थियो । योमध्ये २०७६ असार मसान्तसम्म कायम चुक्तापूँजी ८ अर्ब ७ लाख ८५ हजार ९२५ रुपैयाँको १२ प्रतिशतले हुन आउने ९६ करोड ९४ हजार ३१०.९४ रुपैयाँ बराबरको लाभांश वितरणको प्रस्ताव भएको हो । 

घोषित लाभांशमध्ये ६ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) रहेको छ । 

बैंकले प्रस्ताव गरेको यो लाभांश दर नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाले स्वीकृत गरेपछि कार्यान्वयन आउनेछ ।