काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ। 

सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृतराम चन्द्र श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौतापश्चात जनरल इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गतको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको छ भने यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल–आईपीएस र कनेक्ट आईपीएस प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेन्डर भुक्तानीलगायत आफ्नो लगानीसम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ। यसले जनरल इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ खातामा सार्न पनि मद्दत पुर्याउनेछ। 

यी सबै कारोबारहरु सोझै बीमा कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन्। 

यसरी एनपीआईमा जोडिएपछि जनरल इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुनेछ। एनपीआईसँग गरिने उक्त इन्टिग्रेसनमा जनरल इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्स प्रालिको पनि महत्वपूर्ण भूमिका रहेको छ। जसले जेनेरल इन्स्योरेन्सलगायत १८ भन्दा बढी निर्जीवनबीमा कम्पनीलाई कोर प्रणाली प्रदान गर्दै आएको छ।  

जनरल इन्स्योरेन्स लगायत ३० भन्दा बढी जीवन तथा निर्जीवन बीमा कम्पनीका बीमितहरुले आफ्नो बीमा प्रिमियम शुल्क अनलाइनमार्फत कनेक्ट आईपीएसबाट भुक्तानी गर्दै आएका छन्। यसका साथै ८ जीवन तथा निर्जीवन बीमा कम्पनीहरुयसअघि नै एनपीआईमा आबद्ध रहेका छन्। 

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआई सञ्चालनमा रहेको छ। जसमा हाल ६० सदस्य बैंक तथा वित्तीय संस्था आबद्ध छन् भने अन्य पीएसपी÷पीएसओ, रेमिट्यान्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरुलगायतका ६९ गैरबैंकिङ संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन्।

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले सन् ६ अषाढ २०७५ देखि आफ्नो सेवा प्रदान गर्दै आएको छ। बैंकिङ, बीमा, व्यापार, उत्पादन, पर्यटनजस्ता विविध क्षेत्रहरुको प्रतिनिधित्व गर्ने व्यक्तिहरुद्वारा प्रवर्द्धित यस कम्पनी सधैँ आफ्ना ग्राहकलाई प्रभावकारी सेवा प्रदान गर्न केन्द्रित छ। एनसीएचएलसँगको यो साझेदारीले विभिन्न डिजिटल च्यानलमार्फत प्रदान गरिने बीमा उत्पादनहरुमा आफ्नो उपस्थिति विस्तार गर्न मद्दत गर्ने विश्वास छ।