काठमाण्डौ । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा खुद नाफा २७९.५७ प्रतिशतले बढाउन सफल भएको छ ।

चौथो त्रैमास वितरणअनुसार संस्थाले समीक्षा अवधिमा खुद नाफा १ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्षको यही अवधिमा संस्थाले ३८ लाख रुपैयाँमात्र खुद नाफा गरेको थियो ।

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी ४ करोड ८८ लाख सात रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्षमा २ करोड ६३ लाख रुपैयाँमा सीमित थियो । यसले संस्थाले व्यवसाय विस्तारमा पनि निकै आक्रामक गति लिएको देखाउँछ । 

संस्थाको सञ्चालन मुनाफा २ करोड २९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ६० लाख रुपैयाँमात्र सीमित थियो । 

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि ५९ लाख रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्ष ५४ लाख रुपैयाँ रहेको थियो । 

यस अवधिमा संस्थाले ३१ करोड ९७ लाख सापटी लिई ६६ करोड १० लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा २५ करोड १३ लाख सापटी लिई ४१ करोड ८४ लाख रुपैयाँ ऋण प्रवाह गरेको थियो । 

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी १४ करोड ४३ लाख रुपैयाँ रहेको छ भने अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी ९ करोड ८ लाख रुपैयाँ रहेको थियो। 

संस्थाले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा ३३८.७० प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष ४३ लाख २० हजार जगेडा कोष रहेको संस्थाको समीक्षा अवधिमा १ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।