काठमाण्डौ । आमनागरिकमा बीमाप्रतिको आस्था दिन प्रतिदिन बढ्दै गइरहेको छ। विशेषगरी जीवन बीमा क्षेत्रमा यो निरन्तर अभियानजस्तै भइरहेको छ। 

आफ्नो सन्तानको सुरक्षित भविष्यका लागि हरेक बुवाआमाले समयमै जीवन बीमामार्फत सुरक्षित गर्ने क्रम जन्मदिनलाई पार्न थालिएको छ। सुरक्षित भविष्यको उपहार जीवन बीमा पोलिसी दिएर मस्र्याङ्दी–३ लमजुङनिवासी बेलबहादुर तामाङले उनका १ वर्षीय छोरा अभिनव तामाङको जन्मदिन मनाएका छन्। 

रिलायन्स लाइफ इन्स्योरेन्सको बेसीसहर शाखाबाट बेलबहादुरले आफ्नो १ वर्षीय छोरा अभिनवको नाममा मेरो मुटु बाल जीवन बीमा योजनाअन्तर्गत जारी भएको रु. १५ लाखबराबर रकमको बीमा पोलिसी पहिलो जन्मदिनका अवसरमा उपहारस्वरुप प्रदान गरेका हुन्। 

रिलायन्स लाइफ इन्स्योरेन्सले नेपालभर प्रदेश नं. १ देखि ७ सम्म १२४ शाखामार्फत आफ्नो सेवा प्रदान गरिरहेको छ भने प्रिमियम भुक्तानीलाई समेत प्रविधिमैत्री बनाई आफू बसेको स्थानबाटै भुक्तानी गर्न मिल्ने व्यवस्थासमेत गरेको छ।