काठमाण्डौ। कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनको संख्या दुई सातायताकै कम भएपछि जर्मनी सरकारले मंगलबारदेखि अत्यावश्यकसहित अन्य पसलहरु पनि सञ्चालनका लागि अनुमति दिएको छ।

जर्मनीमा सोमबार साँझसम्म कोरोनाबाट ११० जनाको ज्यान गएको छ। जुन दुई सातायताकै कम हो। यसअघि अप्रिल ६ मा सबैभन्दा कम ९२ जनाको ज्यान गएको थियो। योसँगै जर्मनीमा ज्यान गुमाउनेको संख्या ४ हजार ४०४ पुगेको छ। संक्रमित हुनेको संख्या १ लाख ४१ हजार ६७२ पुगेको छ।

मृतक र संक्रमितको संख्या घटेसँगै जर्मनीका केही क्षेत्रमा अत्यावश्यकसहित अन्य पसलहरु पनि सञ्चालन गर्न अनुमति दिएको हो। ८ हजार ६०० वर्गफिट भएका मोटर ग्यारेज, फूलका गिफ्ट बेच्ने र फेसन स्टोरर्सहरुलगायत अन्य पसलहरु सञ्चालन गर्न अनुमति दिइएको जर्मनी सरकारले जनाएको छ। यद्यपि ती पसलहरुमा सामाजिक दूरी भने कायम राख्नुपर्ने सरकारले निर्णय गरेको छ

जर्मनी सरकारले भने स्कुलहरु भने बन्द रहने नै निर्णय गरेको छ। तर केही साताभित्रै ग्राजुएट्सका कक्षाहरु भने छिटै सञ्चालनमा आउने र विश्वविद्यालयका परीक्षाहरु पनि सञ्चालन गर्न दिइने सरकारले निर्णय गरेको छ।

लकडाउनका क्रममा लाइएको प्रतिबन्धकहरु जस्तै दुईजनाभन्दा बढी हिँड्न नपाइने र सार्वजनिक सभा–समारोह गर्न नपाइनेहरु भने यथावत राखिएका छन्। 

गत साता जर्मनी चान्सलर एन्जिला मार्केलले १६ राज्यका नेताहरुसँग लकडाउनमा लागू गरिएको प्रतिबन्धकहरु खुकुलो पार्दै लैजाने प्रतिबद्धता गरेकी थिइन्। प्रत्येक राज्यले कोरोना जोखिम मूल्यांक गर्दै आफ्नैस्तरमा प्रतिबन्धहरु घटाउँदै लान सक्ने पनि उनले बताएकी थिइन्।

त्यसो जर्मनीको बर्लिन सहर खुला हुनमा भने केही समय लाग्ने बताइएको छ। – एजेन्सी