काठमाण्डौ । जर्मनीले कोरोना महामारीका कारण नेपालसहित ५ मुलुकका यात्रुको आवागमनमा लगाएको प्रतिबन्ध भोलि बुधबारबाट हटाउने भएको छ।
जर्मनीले नेपाल, बेलायत, पोर्चुगल, रुस र भारतका नागरिकको यात्रामा लगाएका प्रतिबन्ध हटाउने भएको हो। अब पूर्ण रूपमा खोप प्राप्त गरिसकेका यी देशका मानिस जर्मनी पुगेपछि क्वारन्टिनमा समेत बस्नु नपर्ने बताइएको छ।
खोप नलगाएका मानिसहरूले भने १० दिनसम्म क्वारन्टिनमा बस्नुपर्नेछ। तर उनीहरूले पाँचौँ दिनमा परीक्षण गर्दा नतिजा नेगेटिभ आए क्वारन्टिनबाट बाहिरिन पाउने छन्। हालसम्म यी पाँच देशलाई डेल्टा र डेल्टा प्लस भेरियन्ट फैलिएका कारण ‘भाइरस भेरियन्ट एरियाज’ का रूपमा वर्गीकरण गरिएको थियो। उक्त भेरियन्ट सुरुमा भारतमा पहिचान भएको थियो।
जर्मनीका नागरिक र बासिन्दामाथि प्रतिबन्ध लागू नगरिएको भए पनि उनीहरू जर्मनी प्रवेश गर्दा १४ दिन क्वारन्टिनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो। यी ५ राष्ट्रलाई अब ‘हाई इन्सिडेन्स एरियाज’ अर्थात् संक्रमितहरुको संख्या अझै उच्च रहेको देशका रुपमा वर्गीकृत गरिने त्यहाँको एक निकायले जनाएको छ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो देशमा कोभिडसम्बन्धी नियमहरू जुलाई १९ तारिखबाट हटाउने आफूहरूले अपेक्षा गरिरहेको पुष्टि गरेको केही घन्टामा जर्मनीले प्रतिबन्धात्मक व्यवस्थाहरू खुकुलो पार्ने जनाएको छ। अबको दुई सातामा बेलायतमा सामाजिक दूरी कायम गर्ने र मास्क लगाउनुपर्ने नियम हटाइने अपेक्षा गरिएको छ। – बीबीसीबाट
32 minutes ago
52 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago