काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले उदयपुरको त्रियोगा नगरपालिका–६ जलजले र सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौलीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। 

एन।आई।सी एशिया लघुवित्तको केन्द्रीय कार्यालयका कर्पोरट कम्युनिकेसन तथा ब्रान्डिङ अफिसर विकल काफ्ले, बनेपा उपप्रदेश प्रमुख यविन्द्र ढकाल, गाईघाट शाखा प्रबन्धक राजकुमार चौधरी, दुधौली शाखा प्रबन्धक अमिना कुमारी मण्डललगायतको उपस्थितिमा भएको छुटाछुटै कार्यक्रममा करिब १५० जना सेवाग्राही सदस्यको सहभागिता थियो। 

ती कार्यक्रममा वित्तीय साक्षरतासम्बन्धी बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता, पैसाको महत्व, वित्तीय साक्षरताको महत्व, कर्जा सदुपयोगिता, सफलताका कथा, कर्जा कारोबार गर्दा ध्यान दिनुपर्ने कुराहरु, बीमा, संस्थामा आबद्ध हुँदा पाइने सुविधालगायतका विषयमा भिडियो तथा दृश्य सामग्री प्रस्तुत गरिएको थियो।

‘मैले कार्यक्रममा पैसा र बचतको बारेमा नसोचेको धैरै ज्ञान पाए। मलाई संस्थाको फरक सेवासुविधाले पनि एकदमै आकर्षित गरेको छ’, कार्यक्रममा सहभागी श्यामकुमारी थामीले आफ्नो अनुभव साटिन्।

कार्यक्रम समापन बनेपा उपप्रदेश प्रमुख यविन्द्र ढकालले सम्पूर्ण सहभागीलाई यस्ता किसिमका अन्य विभिन्न कार्यक्रम भविष्यमा गर्दै जाने जानकारी गर्दै आफूले लिएको कर्जा अरुलाई चलाउन नदिन, मिटर ब्याज, ढिकुटीलगायतका गैरकानुनी काम नगर्न, बचत गर्ने बानीको विकास गर्नजस्ता सुझाव राख्दै नेपाल राष्ट्र बैंक तथा अन्य नियमन निकायबाट वित्तीय कारोबार गर्न इजाजत प्राप्त संस्थाहरुबाट मात्र आर्थिक कारोबार गर्न अनुरोध गरेका थिए।